अन्तर्राष्ट्रिय मुद्रा कोषको निर्वाचनमा स्पेनी अर्थमन्त्रीले पुनः प्रतिस्पर्धा नगर्ने

स्पेन ।

स्पेनका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने भएका छन् ।

शुक्रबार मन्त्री नाडिया काल्भिनोले आफूले मुद्रा कोषको नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताएका हुन् ।

यूरोपेली सरकारहरूले आइएमएफको नेतृत्वका लागि सहमतिमा उचित उम्मेदवार चयन गर्ने तयारीपछि स्पेन पछि हटेको हो । आइएमएफको नेतृत्वमा परम्परागतरूपमा यूरोपेली नेतालाई नै चयन गरिँदै आएको छ ।

स्पेन सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्पेनले आइएमएफको लागि सधैँ इयू सदस्य राष्ट्रबीच साझा उम्मेदवार चयन गर्न चाहने गरेको छ ।”

“यस सन्दर्भमा यस पटक पनि स्पेन सरकार यूरोपेली सहमति निर्माण गर्न सहमत रहनेछ र स्पेनी अर्थमन्त्री काल्भिनोले अर्को चरणमा प्रतिस्पर्धा गर्ने छैनन् । उनले उम्मेदवारी फिर्ता लिनुहुनेछ ।” -एजेन्सी

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार