युवा शाक्तिलाई स्वदेश फर्काउन विशेष अभियान आवश्यक :माधव नेपाल

काठमाडाैं ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विदेश गएका युवा जनशक्तिलाई स्वदेश फर्काउन विशेष अभियान चलाउनु पर्ने बताउनु भएको छ ।

समता फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा पूर्वप्रधानमन्त्री नेपालले स्वदेशका संभावनाको बेवास्ता गर्दै विदेश नै जानुपर्छ भन्ने सोच अन्त्य गर्न अभियान नै चलाउनु पर्ने औंल्याउनु भएको हो । वैदेशिक रोजगारीलाई ब्यवस्थित र सुरक्षित बनाउने नेपाली जाने देशको यकिन गरि तिनसँग श्रम सम्झौता गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले सरकारले बैदेशिक रोजगारीलाई ब्यवस्थित बनाउने र स्वदेशमा रोजगारीको सिर्जना गर्नेतर्फ पहल नै नगरेको दावी गर्नुभयो । विदेश गएका युवालाई फर्काउने बहस चलिरहे पनि सरकारको शैली त्यसको उल्टो भएको भन्दै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमको दुरुपयोग भएको आरोप पनि लगाउनु भयो ।

राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले वैदेशिक रोजगारीमा अझै पनि विचौलिया हावी रहेको भन्दै ‘रेमिट्यान्स’सँगै भित्रिएको विकृतिको पनि समीक्षा गर्नुपर्ने औंल्याउनु भयो । स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले साना लगानीलाई प्रोत्साहन दिनुपर्ने यादवको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले सात दशकअघि नै नेपाल अन्तर्राष्ट्रिय श्रम अधिकारसम्बन्धी सम्झौताको पक्ष राष्ट्र बने पनि कामदारको समस्या ज्युँका त्युँ रहनु दुःखद् रहेकोमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार