नेपाली नारी समाज पोर्तुगलको तीज विशेष साँस्कृतिक कार्यक्रम सेप्टेम्बर १ मा

लिस्बोन

पोर्तुगल ।नेपाली नारी समाज पोर्तुगलले सेप्टेम्बर १ तारिख आइतबार तीज विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । यो वर्ष नेपालका विभिन्न क्षेत्रमा गाइने परम्परागत र चलनचल्तीका भाकाहरुको पनि प्रस्तुति हुने भएकोले यो कार्यक्रम बिशेष हुने आयोजकले बताएका छन् ।

समाजकी अध्यक्ष जयकला राईले हरितालिका तीजको अवसरमा बिदेशी भूमिमा नेपाली कला संस्कृतिलाई जगेर्ना गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले विगतमा जस्तै यो वर्ष पनि तीज विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको बताइन् ।

मार्तिमुनिज खुला पार्कमा( होटल मुण्डियल अगाडी ) कार्यक्रम दिउसो शुरु हुने बताईएको छ । समाजले सबै नेपाली दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भइदिनहुन साथै व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी बहुमुल्य गरगहना नलगाईदिनहुन समेत अनुरोध गरेको छ । उक्त दिन कार्यक्रम नजुधाइ सहयोग गरिदिन पोर्चुगलमा अवस्थित सम्पुर्ण संघ सस्थाहरु लाई अनुरोध समेत गरेको छ ।

अघिल्ला बर्षहरुमा अगस्टको १५ देखि र सेप्टेम्बरका पहिला साताहरूमा दिनैपिच्छे तीजसम्बन्धी कार्यक्रमहरु आयोजना गरिएका थिए ।यसबर्ष पनि दर्जनौ कार्यक्रम हुने खबर छ ।कार्यक्रम हुने कुरा सामाजिक सञ्जालमा सार्वजनिक गर्न सुरु भएका छन् ।

फोटो क्रेडिट :फोटोदृष्टि

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार