नेकपाको सचिवालय बैठक जारी

काठमाडौं ।

आइतबार विहानदेखि सुरु भएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक जारी छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिलाई अनुमोदन गर्न र पार्टी एकता प्रक्रियालाई टुंगो लगाउन सचिवालयको बैठक बोलाइएको हो ।

बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वको टुंगो लगाउने जनाइएको छ ।

यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ ।

ज्येष्ठ कम्युनिस्ट मञ्च माओवादी र सल्लाहकार परिषद्मा पूर्वएमालेले लिने गरी एक सय २१ सदस्य हुने गरी भागबन्डा गरिसकेको छ । तीन आयोगमा दुई पूर्वएमाले एक आयोग माओवादीको परेको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार