होसगरौ ,फेसएपबाट बुढो हुने रहर गर्दा मोबाईल विवरण र पर्सनल डकुमेन्ट कसैले लैजाला !

फेसबुक, ट्विटर, ईन्स्टाग्राम आदी लगायत एपहरुमा उक्त फेसएप बाट बनाईएका बुढेसकालका फोटाहरु हाल्ने क्रम बिश्वब्यापी रहेको छ। फेसएप अहिले आईओएस र एण्डरोईडमा सबैभन्दा बढी डाउनलोड भैरहेको एप हो। सन् २०१७मा रुसमा निर्मित उक्त एप अहिले भाईरल भैरहेको छ।

उक्त एपले प्रयोगकर्ताहरुको सबै सुचना लिने र त्यस्लाई जहिले जुनसिकै बेला जता नि पनि प्रयोग गर्न सक्ने खतरा रहेको आईटी बिज्ञहरुको धारणा रहेको छ। उक्त एपले आफ्नो सम्झौतामा एप मार्फत प्रयोग भएको सामाग्रीहरु जुनसुकै बेलामा पनि पुन: प्रयोग गर्न सकिने र उक्त प्रयोगको कुनै पनि आर्थिक फाईदा प्रयोगकर्तालाई नहुने भनेर स्पष्ट लेखेको छ। उक्त एपले अहिले संचालनमा रहेका मिडियाहरु र भविष्यमा आउने मिडियाहरुमा पनि उक्त सामाग्रीहरु पुन: प्रयोग गर्न सकिने बताएको छ।

यस्तो सम्झौता रहेको एपमा प्रयोगकर्ताको अनुमति बिना क्यामेरा रोलका अरु फोटोहरु पनि पर्योग हुन सक्ने तर्फ बिज्ञहरुले शंका गरेका छन्। क्यामेरा रोल बाहेक मोबाईलमा रहेका अरु महत्वपुर्ण ब्यक्तिगत सुचनाहरु पनि भविष्यमा अरुको हातमा पुग्न सक्ने खतरा तर्फ सचेत रहन पनि आग्रह गरिएको छ। मानिसहरु अहिले #फेस_एप_च्यालेन्ज भनेर सामाजिक संजालहरुमा रमाईरहेका छन् तर उक्त एपबाट भोलिका दिनमा आउन सक्ने खतरा तर्फ सजग रहन भनिएको छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार