तीन दिनदेखि सर्भर नचलेको भन्दै सवारी चालक अनुमति–पत्र ‘लाइसेन्स’ शाखाको सेवा ठप्प, सेवाग्राही मारमा

-उत्तम पौडेल
पोखरा ।

यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमति–पत्र लाइसेन्स शाखाको सेवा विगत ३ दिनदेखि ठप्प रहेको छ । मंगलबार यातायात कार्यालय गण्डकी सेवाग्राही तथा कर्मचारी विहीन भएको छ । यातायात ब्यवस्था विभागको कम्प्युटरको सर्भर नचलेको भन्दै आइतबारदेखि बन्द रहेको यातायात गण्डकीको कार्यालय मंगलबार पनि सुचारु हुन सकेन ।

गण्डकी प्रदेशको सवारी चालक अनुमति¬–पत्र लाइसेन्स वितरण गर्ने एक मात्र कार्यालय नचल्दा हजारौ सेवाग्राही मर्कामा परेका छन् । इडिएलभिआर सिस्टममा आएको प्राविधिमा समस्या भएको कारण सर्भर नचलेपछि मनाङ मुस्ताङ लगायत कास्की भन्दा बाहिरी जिल्लाका सेवाग्राहीले सवारी चालक अनुमति–पत्र लिनकै लागि हप्तौं कुर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

आइतबार देखि सेवा दिन नसकेको भएता पनि कार्यालयले सर्भर नचलेको भनेर कुनै पनि सूचना निकालेको थिएन जसका कारण सेवाग्राहीहरुले दिनभरी नै सास्ती ब्यहोर्नु परेको थियो । सोमबार पनि सेवाग्रहीहरुले आफ्नो समय यातायात परिसरमा बिताए तर, सेवा लिन पाएनन् ।

यसरी सर्भर नचलेपछि फाराम दर्ता, नबिकरण, प्रतिलिपि, राजश्व संकलन लगायतका काम ठप्प हुँदा हजारौ सेवाग्राही मर्कामा परेका छन् । तरपनि यातायात ब्यवस्था कार्यालयले कुनै बैकल्पिक बाटो अपनाउन सकेको छैन । मंगलबार भने कार्यालयले सूचना टाँस गरेर सर्भर नचलेका कारण सेवामा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

एकातिर बाहिरका सेवाग्राहीका लागी समय र पैसाको फजुल खर्च हुने गरेको र अर्कातर्फ यातायातको सर्भर नचल्दा नविकरणमा समस्या आएको छ । नविकरणका लागी आएका सेवाग्राहीहरुको अन्तिम समयमा कार्यालयको सर्भर नचल्दा जरिवानाको चपेटामा परेका छन् ।

यातायात ब्यवस्था कार्यालय गण्डकीका लाइसेन्स शाखा प्रमुख हरी प्रसाद गौतमले सेवा कहिले सूचारु हुने हो एकिन गर्न नसकिने बताएका छन् । न बिकल्प दिन सक्ने न त काम अगाडि बढाउने भन्दै कार्यालयका कर्मचारीहरु दिनभर सुतेर बसेका छन् ।

यसरी गण्डकी यातायात कार्यालय बिगत केही दिन देखि अस्तब्यस्त रहेकाले सेवाग्राहीले मर्का ब्यहोर्नु परेको छ । आखिर कहिले सम्म ? आम सेवाग्राहीको प्रश्न रहेको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार