नेपाली नारी समाज पोर्चुगलले समर भ्रमण लैजाने


-सम्झना अधिकारी

लिस्बन,पोर्तुगल
नेपाली नारी समाज पोर्चुगलले एक दिने पारिवारिक समर भ्रमण लैजाने भएको छ।समाजले बिगतका दिनहरुमा विभिन्न सामाजिक कामहरु ,समर भ्रमण बुद्ध गार्डेन र ड्राई पिकनिक गरेको थियो भने यसपटक छुट्टै किसिमको रमणीय भ्रमण गर्न लागेको कुरा भ्रमणको आयोजक नेपाली नारी समाज पोर्तुगलकी अध्यक्ष तथा संयोजक जयकला राईले भोइस अफ नेपाल सम्बाददातालाई जानकारी दिएकी छन् ।

समाजले पोर्तुगलको आन्तिम बिन्दु साग्रेस,पोर्तिमाउ र लागोसको लागि भ्रमणको आयोजना गरेको छ। समाजले उक्त भ्रमण पोर्तुगलमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई सहभागी हुन अनुरोध गरेको छ । भ्रमण २८ जुलाईमा आइतवारको दिन जाने र प्रति व्यक्ति २५ युरो शुल्क लाग्ने बताएको छ ।बच्चा हरु लाई पनि सिटमा राख्नुपर्ने भएको हुदा बच्चाहरुको समेत पूरा भाडा लाग्ने र खाना तथा पेय पदार्थको व्यवस्था स्वयमले गर्नुपर्ने ब्यबस्थापन संयोजक कोषाध्यक्ष ज्योत्सना अधिकारीले जानकारी दिएकी छन् ।
उक्त भ्रमणमा जान इच्छुकहरुले निम्न ब्यक्तिहरु संग सम्पर्क गर्न अनुरोध गरेका छन् । समयमानै सम्पर्क गरि सिट सुरक्षित गर्नुहोस् ।
भ्रमण आयोजक -नेपाली नारी समाज पोर्तुगल
जयकला राई ९२०२९७५९४- संयोजक
मिनामाया खरेल ९२०३११४८०
बिद्या ( बिमला) आचार्य ९२००८२२३८
हरिमाया घले ९२०२३४८६३
सीता बराल ९२००३९९०६
ज्योत्सना अधिकारी ९२००५२९७०-ब्यबस्थापन
सम्झना अधिकारी ९२०१२७४३१

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार