हिलोमाथि रातो कार्पेट, धकै नमानी हिंड्ने प्रधानमन्त्री भए पछि देश कसरी उँभो लाग्ला ? – बाबुराम

काठमाडौँ ।

हिलोमाथि रातो कार्पेट विछ्याएर उद्घाटन कार्यक्रममा गएको विषय निक्कै नै आलोचना भएको छ ।त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहमा जाँदा प्रधानमन्त्री केपि शर्मा ओलीलाई हिंड्नका लागि हिलैमाथि रातो कार्पेट हालेको विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली र कार्यक्रम आयोजक प्रति कडा टिप्पणी गरिएका छन् ।

पूर्वप्रधानमन्त्री एंव समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले हिलोमाथि कार्पेट विच्छ्याएको प्रति कडा कटाक्ष गरेका छन् । उनले हिलोमाथि कार्पेट विछ्याउने प्राज्ञ र त्यसमाथि धक नमानी हिंड्ने प्रधानमन्त्रीबाट देश कसरी बन्ला ? भनि प्रश्न गरेका छन् ।

डा. भट्टराईले लेखेका छन्, ‘देशको प्रमुख ज्ञान उत्पादन केन्द्र त्रिविको यस्तो हविगत छोप्न रातो कार्पेट विछ्याउने प्राज्ञहरू, त्यसमाथि धकै नमानी हिंड्ने प्रधानमन्त्री भए पछि देश कसरी उँभो लाग्ला ? विश्वविद्यालय भित्र मन्दिर बनाउने पैसाले यो हिलाम्मे बाटो पिच गर्न सकिन्नथ्यो ?यस्तो उल्टो बुद्धि हुनेले के पढाउलान् ?’
बुधबार त्रिविले आफ्नो ६० औँ वार्षिक उत्सव एक विशेष कार्यक्रम आयोजना गरी मनाएको छ । उक्त कार्यक्रममा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीका साथै सह(कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायतको उपस्थिति थियो ।

त्यस्तै सामाजिक सञ्जाल प्रयोगकर्ता शरदराज पाठकले त्रिविमाथि राजनीतिक प्रभावको नमुनाको रुपमा हिलोमाथिको रेड कार्पेट भनि टिप्पणी गरेका छन् । उनले लेखेका छन् , ‘बर्षौंयता राजनीतिक भर्तीकेन्द्र बनाईएका कारण त्रिभुवन विश्वविद्यालय आज जुन दलदलमा छ, त्यसको भन्दा कयौं गुणा धेरै चर्चा हिलोमाथिको रेड कार्पेटमा प्रधानमन्त्रीको ‘क्याट वाक’ ले पायो। यो हिलो त केही समयमा हट्ला, तर त्यहाँको बेथिति ?’

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार