ट्रम्पलाई लाग्यो अदालतको प्रतिबन्ध , ट्वीटरमा आफ्ना आलोचकहरुलाई ब्लक गर्न नपाउने

एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा उनको आलोचकहरुलाई ब्लक गर्न नपाउने भएका छन् ।

अमेरिकाको एक संघीय अदालतले ट्रम्पले ट्वीटरमा उनको आलोचना गर्नेहरुलाई ब्लक गरेर संविधानको उल्लंघन गरेको फैसला सुनाएको थियो । ट्वीटरमा ६१ दशमलव ८ मिलियन फलोअर्स रहेका ट्रम्पले अमेरिकी संविधानको पहिलो संशोधन अनुसार कसैलाई ब्लक गर्न नपाउने अदालतको ठहर छ ।

म्यानहटनको युएस सर्क्युट अफ अपिल्सले कुनै सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो सामाजिक संजालमा संलग्न हुन आउने फलोअर्सहरुलाई ब्लक गर्न नपाउने फैसला सुनाएको हो । तीन जना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मतिले सो फैसला सुनाएको बताइएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार