बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई सूर्योदय सम्मान

काठमाडौँ ।

सूर्योदय भानु प्रतिष्ठानका अध्यक्ष डा.तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा बसेको विशेष बैठकले यस वर्षको ‘सूर्योदय भानु स्रष्टा सम्मान’ २०७६ बाट वरिष्ठ हास्य कलाकार, लेखक तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको छ ।

उक्त पुरस्कारको राशि रु १० हजार १०१ को रहेको छ । साथै फोटो पत्रकार राजेन्द्र चित्रकारलाई पनि सम्मान गर्ने निर्णय गरिएको हो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार