ट्रम्पलाई असक्षम भनेर टिप्पणी गर्दा बेलायती राजदूतको गयो जागिर !

एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असक्षम भएको टिप्पणी गरेका बेलायती राजदूत किम ड्यारोचले राजीनामा दिएका छन् ।

अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोचले राष्ट्रपति ट्रम्पको कार्यकालको अपमानजनक ढंगले अन्त्य हुनसक्ने टिप्पणी बेलायत सरकारलाई पठाएका गोप्य सन्देशमा गरेको खुलासा भएको थियो । राजदूत ड्यारोचको टिप्पणीले आक्रोशित भएका ट्रम्पले उनले बेलायतको राम्रोसँग सेवा नगरेको टिप्पणी गरेका थिए ।

राजदूत ड्यारोचको टिप्पणीले अमेरिका र बेलायतबीचको कूटनीतिक सम्बन्धमा समेत तनाव उत्पन्न भएको थियो । पछिल्लो परिस्थितिमा आफुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न कठीन भएको उनको राजीनामा पत्रमा उल्लेख छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार