दलितकी छोरी बिवाह गरेको भन्दै परिवारै समाजबाटबहिस्कृत

चितवन ।

छाेराले दलित केटी विवाह गर्दा एक गैरदलित परिवार समाजबाट बहिस्कृत भएकाे छ ।

कालिका नगरपालिका–५ भीमपुर बस्ने प्रेमप्रसाद पौडेलका जेठा छोराले परियार थरकी युवतीसँग भागेर विवाह गरेपछि परिवारनै समाजबाट बहिस्कृत बनेकाे हाे । पौडेलका जेठा छोरा सुजन पौडेलले एकवर्ष अघि घर नजिकैकी अस्मिता परियारसँग भागी विवाह गरेपछि पौडेलका परिवारलाई समाजले बहिस्कार गरेका हुन ।

दलितसँग उठबस् भयो भन्दैै छरछिमेकहरु पौडेलको घर आउजाउ गर्न समेत छाडेका छन् । नियमित पुजापाठ गर्न आउने पण्डित समेत पुजापाठ गर्न आउँदैनन् । पण्डित नआएपछि बुवाको श्राद्ध समेत रोकिएको प्रेम प्रसाद पौडेलले सुनाउनुभयो ।

उसो त पौडेलले जेठी बुहारी अझैसम्म घर भित्र्याएका छैनन् । उनीहरु भरतपुरमा डेरागरी बस्दै आएका छन् । सामाजिक बहिस्कारमा पर्ने डरले पौडेल परिवारले छोरा बुहारीलाई एकवर्षदेखि घर भित्र्याउन नसकेको हो । पौडेल परिवारलाई बहिष्कार गर्नेमा सबै भन्दाबढी ब्राह्मण र क्षेत्री समुदायका छन् ।

पौडेलका एक आफन्तले उनीहरुमाथि समाजले अन्याय गरेको बताउछन् । उहाँले विगत एकवर्षदेखि समाजले विभेद गर्दै आएको बताउनुहुन्छ । यो विषय टोल सुधार समिति हुँदै वडा कार्यालय सम्म पुगेको भएता पनि पौडेल परिवारलाई समाजले हेर्ने दृष्टीकोण परिवर्तन हुनसकेको छैन ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार