अरूलाई बचाउन आफ्नै ज्यानकाे बाजी

काठमाडौं |

जाेखिम मालेर आफ्ना लागि काम गर्नु कुनै ठूलाे कुरा हाेइन । यद्यपी कसैले जाेखिम माेलेर अर्काकाे लागि काम गर्छ भने संसारमा त्याे भन्दा ठूलाे काम अरू केही हुन सक्दैन । यस्तै काम गरेका छन् यूनिसेफ अन्तर्गत काम गर्ने एकजनाले । शिशुहरूकाे लागि खाेप बाेकेर उर्लिदाे भेलकाे माथि डाेरी हालेर जाेखिमपूर्ण काम गरिरहेकाे तस्बीरले सबैकाे ध्यान तानेकाे छ ।

खोप मानव जीवनका लागि अभिन्न अंग जस्तै बनेको छ । यति स्वास्थ्य विज्ञानले पत्ता लगाएर तोकिएको समयको तोकिएको खोप पूरा गर्न नसके अहिलेको समयमा शिशुबाट बयस्क र पूर्ण जीवन प्राप्त गर्न असम्भव प्राय छ ।

यसैले विश्वभरी नै खोपको प्रयोग अनिवार्य छ । तर यो जीवनको अभिन्न अंग जस्तो खोज विश्वका दुरदराजमा कसरी पुगिरहेका छन् त आज हामी तपाईहरुलाई देखाउँदैछौ ।

खासगरी खोपका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य संगठन युनिसेफ (UNICEF) ले विशेष भूमिका खेलेको छ । यसैले यो कार्यका लागि विश्वका मानिसले युनिसेफ (UNICEF) लाई सम्मान गरिरहेका छन् ।

यिनै सम्मानयोग्य तस्विरले तपाईको मन पग्लिएमा युनिसेफ (UNICEF)को सम्मान स्वरूप सेयर गर्न सक्नुहुनेछ । All Picture Credit : UNICEF

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार