नेपाली नारी समाज पोर्तुगलद्वारा बालबालिकाको लागि नेपाली पाठशाला संचालन

-पुनम गौतम,
लिस्वन ,पोर्तुगल |

नेपाली नारी समाज पोर्तुगलले अघिल्ला बर्ष जस्तै यसवर्ष पनि नेपाली पाठशालाको शुभारम्भ गरेको छ ।पोर्तुगलमा भएका नेपाली समाजका बालबालिकाहरुलाइ मध्यनजर गर्दै जुलाई १ बाट शुरु भएको पाठशालामा अभिभावक सहित बालबालिकाको उल्लेख्य उपस्थिति रहेको थियो । नेपाली भाषा र सस्कृतिको जगेर्ना गर्ने उदेश्यले बिगत तीन वर्षदेखि समाजले शिक्षा प्रदान गर्दै आएको हो । बालबालिकाको हिउँदे बिदाको सदुपयोग गर्दै समाजले दुई महिने अध्यापन शुरु गरेको हो ।

बालबालिकाहरुमा नेपाली मौलिकता, भाषा, सस्कृती र पहिचान नबिर्सुन भन्ने उदेश्यले पाठशाला संचालन गरेको समाजकी उपाध्यक्ष मिनामाया खरेलले जानकारी दिनुभयो । बीस जना बालबालिकाको सहभागीता रहेको कक्षा हप्ताको तीन दिन संचालन हुनेछ भने कक्षामा एकदिन भने चित्रकला सम्बन्धि कक्षा समेत दिइने उपाध्यक्ष खरेलले जानकारी दिनुभयो ।

जुलाई एक तारीख बाट शुरु गरिएको पाठशालाको आज मंगलबार भने औपचारिक रूपमा सुरुवात गरिएको हो । समाजकी उपाध्यक्ष बिद्या आचार्यले शिक्षिकाको भुमिका निर्बाह गर्नु भएको छ भने समाजकी अध्यक्ष जयकला राई र उपाध्यक्ष हरिमाया घलेले बालबालिकाहरुलाइ सहजीकरण गर्नु भएको छ । समाजले स्थापनाकाल देखि नै मातृभुमी नेपाल र पोर्तुगलमा सामाजिक क्षेत्रमा योगदान पुर्याउदै आएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार