लिस्बनमा मात्रै ३५० भन्दा बढी घरवारबिहिन सडकमा सुत्न बाध्य

गणेश पाण्डेय, लिस्बन।

पोर्चुगलको राजधानी सहर लिस्बनभित्र मात्रै पनि ३५० भन्दा बढी घरवारविहिनहरु सडकमा सुत्न बाध्य भएका छन्। खुकुलो आप्रवासी नीतिका कारण पोर्चुगलमा आप्रवासीहरुको चाप बढेसंगै नेपालीहरुको संख्यामा पनि निकै बृद्धी भएको छ। आप्रवासीहरुको संख्या वृद्धिसंगै बढेका समस्या र दुर्व्यसनीको कारण कयौ नेपालीहरु समेत सडकमा सुत्दै आईरहेका छन् भने केहीको उद्धार समेत भईसकेको छ।

जनवरीमा अत्याधिक चिसो बढेपछि घरवारविहिन र सडकमा सुतिरहेकाहरुको स्थिती बुझ्न र उनीहरुलाई न्यानो कपडा र खानेकुरा बाढ्न मध्यरातमा पोर्चुगलका राष्ट्रपति मार्सेलो निस्किएपछि यो बिषयले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सबैको ध्यान खिचेको थियो।

लिस्बन महानगरपालिकाले प्रकाशित गरेको एक रिपोर्टले घरवारबिहिनहरुको डरलाग्दो दैनिक स्थिती र संख्या सार्वजनिक गरेको छ।

राजधानी लिस्बनभित्र सडकमा सुत्नेहरुको संख्या उल्लेख्य बढेकोले महानगरपालिकाले नयाँ योजना अघि सारेको छ , जस अनुसार आगामी २ बर्षको अन्तरालमा सबै घरवारबिहिनहरुलाई बसोबासको बन्दोबस्त गर्ने लक्ष्य लिएको छ।

सन् २०१९-२१ लाई लिस्बन महानगरपालिकाले घरवारबिहिनहरुको स्थानान्तरण र पुनर्स्थापना बर्षको रुपमा लिएको छ। लिस्बन सिटी काउन्सिलको लक्ष्य अनुसार सन् २०२१ पछि लिस्बनको सडकमा घरवारविहिनहरु देखिने छैनन्।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार