पुल बन्दाबन्दै बाढीले बगायो

– भगीरथ भण्डारी, इलाम ।

इलामको सन्दकपुर गाउँपालिका ३ र ५ जोड्ने निर्माणाधीन पुल वर्षासँगै आएको बाढीले बगाएको छ । तीन करोड १७ लाख रुपैयाँमा निर्माण भइरहेको पुल आज राति बाढीले बगाएको हो ।

बाढीले पुलको ह्युमपाइप, रड, फर्माहरु बगाएको छ भने पिलर पनि ढलेको छ । ठेकेदार कम्पनीका अनुसार पुल पूर्णरुपले क्षतिग्रस्त छ । एक महिनाअघि पनि माइखोलाको बहाव थेग्न नसकेर निर्माणाधीन पुल भत्किएको ठेकेदार सुवास चिपालुले बताउनुभयो । उहाका अनुसार ढलान गर्न मात्र बाँकी राखेर काम सकिएको थियो ।

सन्दकपुर गाउँपालिका ५ का वडाध्यक्ष जीतबहादुर साँवाले ढलान गर्न तयारी भइरहेको पुल बगाउँदा सुलुबुङ र जमुना गाविस जोड्ने माइखोलामा पक्की पुल नहुँदा बर्खायाममा स्थानीयलाई सास्ती हुने बताउनु भयो । काठेपुलको सहायताले गाडी आउजाउ गरे पनि बाढीले बगाइरहने हुनाले स्थानीय समस्यामा छन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार