जति धेरै दबाबमा काम, त्यत्ति नै धेरै बुद्धिमान्

– एजेन्सी

ज्यादा दबाबमा काम गर्नु स्वास्थ्यका लागि राम्रो होइन भनी सबैले मान्छन् । तर एक नयाँ अध्ययनले दबाबमा काम गर्दा शारीरिक र मानसिक फाइदा हुने बताएको छ ।

लन्डन विश्वविद्यालयले गरेको एक नयाँ अध्ययन अनुसार स्ट्रेसमा काम गर्ने मान्छेलाई छिटो काम गर्ने बानी लाग्छ । दबाबका कारण मानिसभित्र रहेका समस्याको समाधान निकाल्ने गुणको विकास हुन्छ । यस्तो मान्छेले छिटो निर्णय लिन सक्छ र जोखिम मोल्ने आँट पनि बढाउँछ ।

बिजनेस स्कूलका एक हजार विद्यार्थीमाथि यो अध्ययन गरिएको थियो । उनीहरूलाई एक समय तय गरेर काम गर्न दिइएको थियो । अनुसन्धानकर्ताहरूले दबाबमा काम गर्नु मानव स्वास्थ्यका लागि लाभदायक रहेको बताए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार