एन आर एन पोर्चुगलद्वारा निर्वाचन समिति गठन, संघको अधिबेशन अगस्त २५ र २६ मा

लिस्बन, पोर्चुगल।

एन आर एन पोर्चुगलले २०१९-२१ का लागि निर्वाचन समितिको गठन गरेको छ। संघका अध्यक्ष कुबेर कार्कीको अध्यक्षतामा बसेको बैठकले अगस्ट २५ र २६ तारिख आयोजना हुने संघको अधिवेशनकालागि ५ सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।

समितिको संयोजक अशोक घिमिरे र सदस्यहरुमा चिजकुमार तामाङ, राजकुमार थापा, ताराकुमारी गुरुङ र श्याम श्रेष्ठ रहेका छन् । गैर आवासीय नेपाली संघ पोर्तुगलको आज बसेको बैठकले आगामी अधिवेशन सम्बन्धी महत्वपूर्ण निर्णयहरु गरेको हो । संघको अधिवेशनको निर्वाचन सम्बन्धी सम्पुर्ण प्रक्रिया अब यसै समिति मार्फत हुनेछ ।

संघका महासचिव निराजन सुवेदीले आफ्नो ब्यक्तिगत काम विशेषले नियमित रूपमा महासचिवको कार्यभार सम्हाल्न कठिनाइ भएको जानकारी दिएकाले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि कार्यबाहक महासचिवको रूपमा सचिव बलराम पौडेललाई जिम्मेवारी दिएको छ । यसघि संघका महासचिव निराजन सुवेदी लामो समयदेखि अध्यक्ष कार्कीसँग सम्पर्कमा नभएको र महासचिब सुबेदीले अध्यक्ष कार्कीसंग सल्लाह नगरी संघको अनलाइन ग्रुपमा सचिव पौडेललाई कार्यवाहकको जिम्मेवारी दिएको उल्लेख गरेपछि संघभित्र बिबाद उत्पन्न भएको थियो।

संघको सदस्यता बितरणलाई तीब्रता दिन टोली बनाइ पोर्तुगलका विभिन्न क्षेत्रमा भ्रमण गर्ने, सदस्यता बन्न आह्वान गर्ने र सदस्यता दर्ता अनलाइन सिस्टम मार्फत नै गर्ने निर्णय गरेको छ । यस निर्णयबाट सदस्यता बन्ने प्रक्रिया रहेको केही अन्योलता हटेको छ । अर्कोतिर नेपाली कांग्रेससम्बद्ध नेपाली जनसम्पर्क समिति र नेपाल कम्युनिष्ट पार्टी निकट प्रवासी नेपाली एकता समाजले आफ्ना क्रियाशील सदस्यहरुको लागत संकलन गरी बिशेष स्थानबाट पार्टी आबद्ध क्रियाशील सदस्यहरुको तथ्यांक प्रयोग गरी एन आर एन ए पोर्चुगलको सदस्यता आबेदन दिने कार्य भईरहेको बिशेष श्रोतबाट जानकारी प्राप्त भएको छ , जुन संघको नियम र आचार संहिताको बिपरित छ।

आजकै बैठकले हालै पोर्तुगलमा दु:खद निधन भएका धादिङ जन्म घर भइ हाल चितवन निवासी स्व. नेत्रबहादुर घलेको शबलाई नेपाल पठाउन आर्थिक संकलन र ब्यबस्थापन अर्को हप्ता भित्र सक्ने निर्णय समेत गरेको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार