बार्सिलोनामा सांगीतिक कार्यक्रम हुदै

बार्सिलोना।

आगामी जुलाई २२ तारीख स्पेनको बार्सिलोनामा सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपालबाट प्रसिद्द लोक गायक सन्तु थापा आउने भएका छन् । गायक थापा लगायत स्पेनमा रहनु भएका थुप्रै कलाकारहरूको पनि बिशेष प्रस्तुती रहने कार्यक्रम संयोजक सन्त बहादुर क्षेत्रीले बताएका छन् ।

कलाकार अजय लोप्चनको कमेडी नृत्य , लोक दोहोरी प्रतिष्ठान यूरोप शाखा अध्यक्ष सुमी घिमीरे सापकोटा , भुवन अक्षामी , अनुशा थापा लगायतको दोहोरी भिड्न्त , विनोद कटुवालको विशेष बाँसुरीको धुन , समी गुरूड, दिव्या भन्डारी , शिला केसी , ओजे़श लोप्चन तामाडं , ईश्वर सीडं ठकुरी , लगायतका कलाकारहरूको वेजोड प्रस्तुतीहरूले २२ तारीख़ सिसीलीया हल तातीने छ । साथै गलबन्दीका लोकप्रिय गायक प्रकाश सपुत पनी कार्यक्रममा आउने बताएका छन् तर उहाको व्यस्तताले गर्दा आउने टुड्डो लागी सकेको छैन ।

हाम्रो नेपाल हामी नेपाली नाम बाट आयोजित उक्त कार्यक्रममा स्पेनमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी हरू लगायत विभिन्न संघ संस्थामा अावद्द सबैमा उक्त दिनमा कार्यक्रम स्थलमा आएर भरपुर मनोरन्जन लिनु भई शोभा बढाईदिनु हुन हार्दिक निमन्त्रणा गरिएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार