अभिनेत्री करिश्माले ल्याइन उत्कृष्ट जीपिए – हार्दिक बधाई !

काठमाडाैं :

अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षामा ३ जीपीए नम्बर सहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा उनले एसईई परीक्षा दिएकी हुन्। तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो। यो वर्ष ४ लाख ५० हजार २७५ परिक्षार्थी एसइइ मा सहभागी भएका थिए।

करिश्मा मानन्धरले तय गरेको स्कूल यात्राको महत्वपूर्ण खुड्किलो, एसइइ उमेरले उकालो लाग्दै गर्दा जीवनका भारीहरुको बोझ झन गह्रुंगो बन्दै जान्छ । बिसाउने ठाउँहरुको खोजी हुन्छ चाँडो–चाँडो । थकाई मारेर सुस्ताउने मन पनि हुन्छ, तर केहीमा भने छुटेको चिज पाउने चाहले यसरी उर्जा दिन्छ कि सबै थकानहरु पाखा लगाउन सक्छन् । जीवनमा भोगका विविध अनुभवहरुको उत्साह, निराशा र अप्ठ्यारो–सजिलोको भारीको बोझबाट नथाकी हिजो छुटेको चिज लिने अभियानकी यात्री हुन्, अभिनेत्री करिश्मा मानन्धर ।

२०४४ सालमा सन्तान चलचित्रबाट सुरु भएको करिश्माको अभिनय यात्राले अझै पनि ‘करिश्मा’ देखाइरहेको छ । १५ वर्षकी थिइन्, पर्दाको रमझममा ३१ वर्ष बित्यो यहि क्षेत्रमा । ४६ वर्षकी करिश्मा केही समय चलचित्र क्षेत्रबाट पर रहे पनि जोडिइरहेकी थिइन् । अहिले भने उनी अभियन भन्दा आफूले सानैमा छुटाएको खुशी समेट्ने अभियानमा छिन् । उनको त्यो खुशीले अब आकार लिने बेला भएको छ । करिश्माको खुशी स्कूल हो । उमेरले ४० नाघेर ५० को हाराहारीमा पुग्ने बेला स्कूले पोशाकमा विद्यालय धाइरहेकी करिश्मालाई कहिले लाज लाग्यो, कहिले दकस पनि । तर उनले टुटेर फेरि जोडिएको स्कूल यात्रा यो पटक छोडिनन् । यसकै परिणाम, आइतबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) दिने देशभरका चार लाख ७५ हजार विद्यार्थी मध्ये करिश्मा मानन्धर एक हुन् ।

करिश्माले आइतबारदेखि एसइइको खुड्किलो पार गर्ने परीक्षामा खुशीले स्वागत गर्दै छिन् । उनलाई यो परीक्षासँग डर भन्दा आफ्नो पन बेसी छ । सपनाहरुले बुनेका धेरै रहरहरुको साँचो यहि परीक्षामा छ जस्तो लागेको छ । ६ महिनाअघि हामीले करिश्मालाई एसइइको तयारीका लागि व्यस्त भइरहेका बेला भेटेका थियौँ र उनको दैनिकीलाई समेटेका थियौँ । त्यसपछिका रहेक दिन उनले उसै गरि बिताइन्, यहाँसम्म आइपुगिन् । करिश्माले केही अहिले पनि उस्तै मेहनत गरेकी छन् । करिश्माले डिल्लीबजारको विजय स्मारिका स्कूलमा परेको केन्द्रबाट परीक्षा दिँदै छिन् । उनीसहित उमेरले स्कूलको बाटो नछेकिएका सबैलाई शुभकामना ।

अपरान्ह मात्र उनले आफ्ना साथी, शिक्षकहरुलाई धन्यवाद दिएकी थिइन्। फेसबुकमा आफ्नो स्कूलको सम्झनालाई केही फोटो मार्फत व्यक्त गर्दै उनले नतिजा राम्रो आफ्नो र साथीहरुको पनि आओस् भनेर प्राथना पनि गरेकी थिइन्। एसईई नतिजा भर्खरै सार्वजनिक भएको हुनाले अभिनेत्री करिस्माले आफ्नो नतिजा सार्वजनिक गरेकी छैनन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार