बिधुत प्राधिकरणको हदैसम्मको लापरवाही : धान रोप्न गएकी महिलाको करेण्ट लागेर मृत्यु

दोलखा ।

दोलखामा धान रोप्न गएकी एक महिलाको करेण्ट लागेर मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–५ बिरुवाकी दुर्गा बुढाथोकीको मृत्यु भएको हो ।

धान रोप्न मेलामा गएकी उनको पानी लिन जाने क्रममा विद्युतको पोलबाट प्रवाह भएको तारबाट करेण्ट लागि मृत्यु भएको हो ।

विद्युत प्राधिकरणको लापर्बाही गरेर तार व्यवस्थापन नगर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तजनले शव बुझ्न मानेका छैनन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार