शिक्षकको कुटाईबाट फेरि ६ जना विद्यार्थी घाइते

सर्लाही ।

शिक्षकको कुटाइबाट सर्लाहीको बरहथवा नगरपालिका १ हजरियामा छ जना विद्यार्थी घाइते भएका छन। बागमती सामुदायक विद्यालयका कक्षा १ देखि ३ कक्षासम्म अध्यन गर्ने विद्यार्थीलाइ सोही विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद रायले सोमबार बिहान बेहोस हुने कुटपिट गरेका थिए। प्रअ रायको कुटाइबाट कक्षा ३ मा पढने छात्र १० वर्षीय संजिप सहनी बेहोस भएका छन भने उनीसगै पढने अरु पाँच जनाको शरीरको विभिन्न ठाउमा गहिरो चोट लागेको छ।

बिहान प्रार्थना गर्न सिधा लाइन नबसेको भन्दै प्रअ यादवले विष्णुधर सहनी, गजेन्द्र सहनी, राजकिश्वर सहनी, कैलास सहनी र तेतरीदेवी सहनीलाइ लाठ्ठिले कुटेर घाइते बनाएको वरहथवा नगरपालिका १ का वडा अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो। घाइते मध्य बेहोस भएका संजिप सहनीको बरहथवामा रहेको भेनस हेल्थ कियस सेन्टरमा उपचार भैइरहेको छ।अन्य सामान्य उपचारपछि घर फर्किएका छन। आजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार