कन्यादान धर्म कि अपराध ?

फ्रान्स, पेरिस

शोभा गजुरेल
कन्यादान दान मात्र होइन यो एक प्रकार को अपराध पनि हो । पुरुष प्रधान समाजले महिलाको सबै अस्तिव छिन्नको लागि रचेको एउटा खतर्नाक् षड्यन्त्र हो । एउटी नारी लाई यसरी चक्रबिउमा फसाइयको हुन्छ त्यहा बाट निस्कने हरेक बाटो बन्द गरिन्छ । उनको बाउ बाट पायकी सबै सम्पत्ति दाईजो को रुपमा पुरुष लाई दान दियर पठायका आमा बुवा आफ्नो छोरी को सुन्दर भबिस्य सुरक्छित गरेको दाबी गर्छन् । उनले पाउने सबै अधिकारहरु बाट बन्चित गराइ पुरुषका हरेक परिवार लाई उनकै भागको सम्पत्ति समेत बाडेर टिका टाला र अन्य संस्कारको नाममा बाडिन्छ । अनी उन्लाई लुगा र गहनाले सजाइ दानको रुपमा पुरुषको हातमा सुम्पिन्छ त्यहा पनि सर्त हुन्छ ।”पाले पुण्य मारे पाप” अब त्यो नारिको अस्तिव के बाँकी हुन्छ ? आफ्नो जन्म घर बाट बिदाइ गर्दाको समय बुवाले बोकेर डोली चढाउदै भन्नु हुन्छ आज बाट यो घर तिम्रो होइन तिम्रो जती सबै मैले ज्वाँईसाहेबलाई दानमा दीइसके अब यो घर मा न आउनु यो घर बाट तिम्रो डोली उठ्यो । आज बाट तिमी यो घर बाट मेटियौ ,अब तिम्रो घर भनेको तिम्रो पतिको घर हो रुदै एउटा बुवाले आफ्नो सन्तान छोरी लाई जिउदै अन्तिम बिदाइ गर्नु के यो अपराध होइन ? तिम्रो डोली उठ्यो ,यो घरबाट अब अर्थी तिम्रो उठ्ने छ तिम्रो श्रीमानको घर बाट भनी बिदा गर्नु जती क्रूर र घृणित कार्य के होला ? कन्यादानको सम्बन्ध गासियको छ सती प्रथासँग ! बुवाले दानमा दियकी छोरी पतिको मृत्‍यु सगै त्यही चिता मा जल्नु पर्थ्यो त्यी प्रथा यसकारण हट्यो त्यस्मा प्रात्यक्ष जलेको जिउदो मान्छेको चित्कार सुनियो । तर यो कन्यादान गर्ने प्रथा पनि त्यस्कै बराबरिको अपराध हो ।

यस्मा पनि छोरीको चित्कार छ आफ्नो सबै लुटायर पराइको हरेक कुरा लाई आफ्नो भन्नु पर्ने आफ्नो अधिकार सबै सुम्पियर अधिकार बिहिनी बनी अर्काको आसामा बाँच्न वाध्य बनाउनु के यो अपराध होइन ? उनको थर छिन्नु, गोत्र छिन्नु, अनी उनको सम्पत्ति अरुलाई दाईजोमा दियर सुकुम्बासी बनाइदिनु अनी अर्काको घरमा जा भन्ने मात्र होइन दान नै दियर पसु समान बनाउनु अपराध होइन ? दु:ख परे आउनु होइन तिमीले मेरो इज्जत धन्दिनु छोरी जती कस्ट परे पनी जती अन्याय र अत्याचार भए पनि सहनु नारी पृथिवी हुन् भन्छन त्यसैले, जस्ले तिमीलाई अत्याचार गरे पनि सहनु तर तिमीले अब यो जन्म घरमा आफ्नो श्रीमान् को घर छोडेर फर्कने कहिले नसोच्नु ।

यही भनेको छ होइन त यो कन्यादानमा ?मैले बुझे अनुसार यही छ हिन्दू धर्मले नारी लाई दान गरेर पठाउदा उनलाई उनका बुवा र दाजु भाईले राख्ने सर्त । के अब यि सर्त लाई हामीले सामान्य लिन मिल्छ ? आफुले जन्मायको सन्तानलाई दान दिदा के यो अपराध होइन भन्न मिल्छ ? उनको घर छिन्दा उन्को साथी सङिनीबाट टाढा कतै जानु पर्दा त्यस्मा पनि दान भयर कहिले नफर्कने सर्तमा के यस्लाई सामान्य भन्न मिल्छ ? के यस्ता जघन्य अपराध जस्ता संस्कारहरु लाई पनि हामीले नतोडी मान्दै जाने होत ? पुरुष के कती संस्कर तोडेर आफ्नो सजिलो बाटो बनाउदै छन् ? आमा बुवाको मृत्‍यु पछी १३ दिन नुन नखाइ भात् र घिऊ बाहेक अरु केही खान हुन्न्न भन्ने सस्कार तोडेर फलफुल बिरेनुन खान मिल्ने बनाय १ बर्ष सम्म चोखो खायर सेता लुगा लगाउनु पर्ने सबै तोडेर अहिले ३ दिन बार्ने चलन चलाऊदै पुरुष लाई सजिलो पार्न चाही सबै संस्कार फेर्दा पाप नलाग्ने, तर नारी हरुको लागि लादियका संस्कार चाही सधै लागु गर्नु पर्ने कती सम्म भेदभाब छ यो समाजको? चरित्र भन्ने कुरा यहाँ प्रष्ट हुन्छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार