४० करोडमा बन्दै प्रधानमन्त्री निवास

काठमाडौं ।

प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ। बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ। उउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन्।

नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ। सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ। चालु आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ। आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार