सुदुरपश्चिमका हुरी पिडितहरुको सहयोगको लागि पोर्तुगलमा सहयोग संकलन शुरु , सुदुरपश्चिम समाज पोर्चुगलले घर निर्माणका लागि रोटरीसँग सहकार्य गर्ने

Loading...

लिस्बन, पोर्चुगल।

सुदुरपश्चिमका हुरी पिडितहरुको सहयोगको लागि पोर्तुगलमा आर्थिक सहयोग संकलन शुरु गरिएको छ। सुदुरपश्चिम समाज पोर्चुगलको सक्रियतामा आर्थिक संकलन कार्य एक सातासम्म गरिने समाजले जनाएको छ।

५ दिन अगाडी सुदुरपश्चिमको कैलाली र कन्चनपुरमा आएको हावाहुरीको बितण्डाले निकै ठुलो जनधनको क्षति भएको छ। हुरीका कारण २ जनाले ज्यान गुमाएका थिए भने सयौ घाइते भएका छन्। त्यस कयौ घर हुरीले पूर्ण क्षति भएको र सयौ घरको छानो हुरीले नै उडाएकोले हजारौ जनता खुल्ला आकाशमुनि रात बिताउन बाध्य छन्।

हुरीको बितण्डाले प्रभावित भएको ५ दिन भईसक्दा पनि केन्द्र सरकार र स्थानीय सरकार पिडितको घरआँगनमा पुग्न नसक्दा र राहत वितरण हुन नसक्दा पिडितहरु जीवन झनै कष्टकर हुदै गएको छ।

पोर्चुगलबाट संकलन भएको आर्थिक सहयोग रोटरी क्लब अफ धनगढी मार्फत पिडितहरुको घर निर्माणमा सहयोग गरिनेछ। आर्थिक सहयोग संकलनमा भोइस अफ नेपाल टिभीले सहकार्य गरेको छ। आर्थिक सहयोग गर्न चाहने मनकारी महानुभावहरुले VOICE OF NEPAL TV को तल उल्लेखित खातामा सहयोग रकम आइतवारसम्म जम्मा गरिदिनहुन सुप समाज पोर्चुगलले अनुरोध गरेको छ।

ACCOUNT DETAILS:

ACCOUNT NAME : VOICE OF NEPAL MEDIA AND MANAGEMENT LDA.

NIB : OOO7 OOOO OO45 8315 592 23
IBAN : PT5O OOO7 OOOO OO45 8315 592 23
SWIFT-BIC: BESCPTPL

REF: KAILALI HURRICANE

सहयोग संकलन सम्बन्धी केही जिज्ञासा भएमा वा जानकारी चाहिएमा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध छ।

गणेश पाण्डेय ( +351 920302722 )
कृष्ण जंग कुँवर ( +351 920480540 )
सम्झना अधिकारी ( +351 920127431 )

सुदुरपश्चिम समाज पोर्चुगलले रोटरी क्लब अफ धनगढीसंगै सहकार्य गर्दै २० घर पुनर्निर्माणमा सहयोग गर्ने जनाएको छ।

केन्द्र र स्थानीय सरकारले बेवास्ता गरेपछि पुनर्निर्माण आफै जुट्यो रोटरी :

विपदको घडीमा केन्द्र र स्थानीय सरकारले बेवास्ता गरेपछि रोटरी क्लव अफ धनगढीले धनगढी उपमहानगरपालिको वडा नम्बर १५ को कनरी गाँउमा क्षतिग्रस्त घरको पुनर्निर्माण अभियान शुरु गरेको छ । पुनर्निर्माणमा रोटरी क्लबका सदस्यहरु आफै जुगेका छन्। रोटरीले शनिवार कनरीका तीन घरमा छाना निर्माणका लागि जस्तापाता वितरण गर्नुका साथै निर्माणमा सहयोग गरिसकेको छ ।

रोटरी क्लव अफ धनगढीका अध्यक्ष पुष्कर ओझाको नेतृत्वमा कनरी पुगेको रोटरी क्लव अफ धनगढीको टोलीले सुशिल चौधरी, सीतादेवी चौधरी र बटनलाल चौधरीको घरको छाना निर्माणका लागि जस्तापाता प्रदान गर्नुका साथै छानो निर्माणमा सहयोग गरेको छ ।छानो निर्माणमा सशस्त्र प्रहरी, रोट्रयाक्ट क्लव अफ धनगढीले सहयोग गरिरहेको छ ।

Gepostet von Dirgharaj Upadhyay am Sonntag, 9. Juni 2019

तीन वटा घरको पुनर्निर्माण शुरु गरेका छौ, ओझाले भने, क्षमता र आवश्यकताका आधारमा थपहरु निर्माणमा सहयोग गर्नेछौ ।

रोटरी क्लवका पूर्व अध्यक्ष दीर्घराज उपाध्याय, उपाध्यक्ष डा. सुशिल कुमार भण्डारी, निर्देशक डा. प्रतिक्षा सिंह राठौर, सहनवाज आलम, सुमित भट्ट, यशोदा खत्री, भगवती बडाल र रोट्रयाक्ट क्लव अफ धनगढीका पदाधिकारी तथा सदस्यहरु घरहरुको पुनर्निमाणमा प्रत्यक्ष रुपमा सहभागी भएका थिए ।

रोटरी क्लव अफ धनगढीका सदस्यहरुले हावाहुरीबाट विस्थापित तथा प्रभावितहरुको घर पुनर्निर्माणका लागि जनही पैसा उठाएर सहयोग गरेका हुन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार