लिवियामा बन्धक ४ नेपालीको उद्धार, कर्मचारी भर्ना विवादमा अडानसहित मन्त्री राउत लाइभ (भिडियो)

Loading...

काठमाडौं ।


१. लोकसेवा आयोग– समितिद्वारा विज्ञापन तत्काल रद्ध गर्न निर्देशन, ७३ हजार युवा अन्यौलमा

काठमाडौं । लोकसेवा आयोगले ५ सय ५१ स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारीको माग गर्दै गरेको विज्ञापन संसदको राज्य व्यवस्था समितिले खारेज गर्न निर्देशन दिएको छ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदहरुमा खुल्ला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ती गर्न भन्दै आवेदन खोलेको थियो । तर लोकसेवा आयोगको यो कदम संविधानको मर्म र भावना अनुरुप नभएको भन्दै समितिले सोमबार विज्ञापन तत्काल रद्ध गर्न निर्देशन दियो ।

२. भागिरथलाई सास मात्रै बोकेर नेपाल आउन समेत सहज भएन

काठमाडौं । कुवेतमा दुर्घटनापछि ब्रेन ह्यामरेजका कारण अर्धचेत अवस्थामा रहेका नवलपरासी सुस्ताका भागिरथ चापागाँईलाई नेपाल फर्काउन ढिलासुस्ती भएको छ । कुवेतको अलअदान अस्पतालको शैयामा नेपाल फर्किने आशामा रहेका उनका बिषयमा हामीले यस अघि रिपोर्ट प्रशारण गरेका थियौं । उनलाई विमानमा पनि बिषेश रेखदेखका साथ ल्याउनुपर्ने भएकोले केही खर्चिले हुने भएपछि आर्थिक संकलन अभियाननै चलेको थियो ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार