प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री टेरेजा मेबीच डाउनिङ स्ट्रिटमा भेटवार्ता

Loading...

काठमाडौँ ।


प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री टेरेजा मेबीच भेटवार्ता भएको छ । १७ वर्षपछि बेलायत पुग्नुभएका नेपालका प्रधानमन्त्रीले मंगलबार साँझ समकक्षीसँग डाउनिङ स्ट्रिटमा भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले बेलायती सांसदको समूहलाई सम्बोधन समेत गर्नुभएको थियो । द्वीपक्षीय छलफलमा व्यापार, लगानी, भूतपूर्व गोर्खा सैनिकहरूका गुनासा लगायतका विषयमा छलफल भएको थियो । यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग पनि भेटबार्ता गर्नुभएको थियो ।

यसअघि, मंगलबार बेलायतस्थित नेपाली दुतावासमा प्रधानमन्त्री ओलीलाई गैरआवासीय नेपाली संघ, बेलायतद्वारा अभिनन्दन गरिएको थियो । साथ लण्डन–काठमाडौं सीधा हवाई सेवा सञ्चालन गर्न समेत उनीहरुले प्रधानमन्त्रीसँग माग गरेका थिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार