आठ दिनदेखि बेपत्ता भारतीय एएन ३२ जहाजको अवशेष भटियाे

Loading...

एजेन्सी ।


भारतीय वायुसेनाको एएन ३२ जहाजको अवशेष अरुणाञ्चल प्रदेशमा फेला परेको छ ।

बिबिसीका अनुसार पछिल्लो ८ दिनदेखि बेपत्ता जहाज खोजी गर्न सरकारले भारतीय वायुसेनाको टोली खटाएको थियो । विमानमा १३ जना यात्रु सवार थिए ।

कार्गो विमान ३ जुनमा असामको जोरहाटबाट उडान भरेको थियो । तर, जहाज उडेको आधा घन्टामै सम्पर्क टुटेको थियो ।

खोजी आभियानमा विशेष अप्रेसनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०,एएन–३२ एस एमआई–१७ चौपर र स्थलसेनाको आधुनिक हेलिकोप्टर प्रयोग गरेका थिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार