रोटरी क्लव अफ धनगढीद्धारा तीन घर निर्माणमा सहयोग

Loading...

धनगढी।

रोटरी क्लव अफ धनगढीले धनगढी उपमहानगरपालिको वडा नम्बर १५ को कनरी गाँउमा क्षतिग्रस्त घरको पुनर्निर्माण अभियान शुरु गरेको छ ।
रोटरीले शनिवार कनरीका तीन घरमा छाना निर्माणका लागि जस्तापाता वितरण गर्नुका साथै निर्माणमा सहयोग गरेको छ ।
रोटरी क्लव अफ धनगढीका अध्यक्ष पुष्कर ओझाको नेतृत्वमा कनरी पुगेको रोटरी क्लव अफ धनगढीको टोलीले सुशिल चौधरी, सीतादेवी चौधरी र बटनलाल चौधरीको घरको छाना निर्माणका लागि जस्तापाता प्रदान गर्नुका साथै छानो निर्माणमा सहयोग गरेको छ ।
छानो निर्माणमा सशस्त्र प्रहरी, रोट्रयाक्ट क्लव अफ धनगढीले सहयोग गरिरहेको छ ।

तीन वटा घरको पुनर्निर्माण शुरु गरेका छौ, ओझाले भने, क्षमता र आवश्यकताका आधारमा थपहरु निर्माणमा सहयोग गर्नेछौ ।
रोटरी क्लवका पूर्व अध्यक्ष दीर्घराज उपाध्याय, उपाध्यक्ष डा. सुशिल कुमार भण्डारी, निर्देशक डा. प्रतिक्षा सिंह राठौर, सहनवाज आलम, सुमित भट्ट, यशोदा खत्री, भगवती बडाल र रोट्रयाक्ट क्लव अफ धनगढीका पदाधिकारी तथा सदस्यहरु घरहरुको पुनर्निमाणमा प्रत्यक्ष रुपमा सहभागी भएका थिए ।
रोटरी क्लव अफ धनगढीका सदस्यहरुले हावाहुरीबाट विस्थापित तथा प्रभावितहरुको घर पुनर्निर्माणका लागि जनही पैसा उठाएर सहयोग गरेका हुन् ।

तंग्रिदै हावाहुरीबाट प्रभावितहरु
तीन दिन बित्दा पनि सरकारहरुबाट(स्थानीय,प्रदेश र संघीय) सहयोग र राहत नपाएपछि हावा हुरीबाट प्रभावितहरु आफ्नो घर निर्माणका लागि आफै जुर्मुराएका छन् ।

शनिवार धनगढी– फुलवारी सडकमा धनगढीबाट उर्मा, जुगेडा, फुलवारी क्षेत्रमा जस्तापास्ता लिएर जानेहरु मात्र देखिन्थे ।
कोही अटोरिक्सामा, कोही साईकलमा, कोही मोटरसाईकलमा त कोही ट्याक्टरमा जस्तापाता लिएर गईरहेका थिए ।
जस्तापाता किन्न नसक्नेहरु पुरानै जस्तापास्ता संकलन गरेर ती जस्तापाता सोझ्याएर छाना अड्याउन जुटिरहेका थिए ।
धनगढी १२ जुगेडाका चन्द्र बिकले सरकारहरुबाट सहयोग नपाएपछि सापटी लिएर जस्तापाता किन्न धनगढी आएको बताए ।
उर्माका धनीराम चौधरीले पैसा नभएका कारण पुराना बिग्रिएका जस्तापाता संकलन गरेर छानो टाल्ने कोसिस गरेको बताए ।
तीन दिन आशैआशमा बित्यो, अव कति दिन बस्ने ? उनले भने, बर्षा भयो भने त सुत्ने ठाउँ पनि छैन । त्रासै त्रास र आसै आसमा दिनहरु कटिरहेका छन् । सरकार भएको हामीले महशुस गर्न सकेका छैनौ ।
कनरीबाट १५ किमीको दूरीमा धनगढी छ । र त्यही प्रदेश सरकार छ भन्ने सुनेका छौ, उर्माको सीताराम चौधरीले भने, तर त्यो प्रदेश सरकार हाम्रा लागि आकाशको फल जस्तो भएको छ । हाम्रा समस्या सुन्ने र बुझ्ने कोही भएन ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार