कांग्रेसद्वारा संसद अवरुद्ध : सांसद भन्छन्- ‘कम्युनिष्टहरुकाे संस्कृतिविराेधी चरित्र देखिन थाल्याे’

Loading...

काठमाडौं ।


गुठी विधेयकको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठक आरम्भ हुँदै गर्दा नेपाली कांग्रसका सांसद्हरुले उभिएर बैठक अबरुद्ध गरेका हुन् । यसै बिषयलाई लिएर कांग्रेसले बैठक अवरुद्ध गरेको दोस्रोपटक हो ।

सोमबार गुठीसम्बन्धी विधेयकमाथि नेपाली कांग्रेसको आपत्ति जनाउँदै एक विज्ञप्ति नै निकालेको थियो । वर्तमान सरकारले ल्याएको विधेयक संविधानको मर्म र भावनाविपरित भएको भन्दै उसले साे विधेयककाे विराेध गरिरहेकाे हाे ।

परम्परादेखि चल्दै आएको धर्म-संस्कृतिमा यो विधेयकले प्रावधान र व्यवस्थामा प्रतिकुल असर गर्ने कांग्रेसको ठहर छ ।

आजको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद राजेन्द्र केसीले गुठीलाई सरकार आफ्नो कब्जामा राख्नेगरी विधेयक ल्याएको तर्क गरेका छन् । साथै उनले उपत्यकावासीको पहिचान गुठी भएकाले सरकारको विधेयकले यहाँका बासिन्दाको पहिचान गुम्ने बताएका छन् ।

यसका साथै उनले गुठी विधेयकको विरोध गर्नेक्रममा प्रहरीले विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप भएकोप्रति गृहमन्त्रीसँग प्रष्टिकरणको पनि माग गरेका छन् । आफुहरुले शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी हस्तक्षेप भएको आरोप लगाएका छन् ।

केसीले आफू सानो हुँदा कम्युनिष्टहरुले चाड पर्व, संस्कृति केही नमान्ने र परम्परामा विस्वास नगर्ने गरेको सुनेको तर आज सोही कुराको चरितार्थ भएकाे देखिन थालेकाे बताए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार