पुलको शिलान्यास गर्न गएका यातायातमन्त्री महासेठ सवार गाडी खोलामा यसरी दुबेपछि

Loading...

स्याङ्जा ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ ।

अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्रीको झण्डाबाल गाडी डुबेको हो ।

सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबेको हो । मन्त्रीलाई सुरक्षाकर्मीले उद्दार गरेका थिए ।

खोलामा डुबेको गाडीको इन्जिन नै सिज भएको छ र क्रेनको सहयोगमा बाहिर निकालिएको छ । मन्त्री भने अर्को गाडीमा फर्किएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार