पुष्पा पौडेलको दिलको फ्रेममा पुष्प र आँचलको रोमान्स

गायिका पुष्पा पौडलको नयाँ गीत दिलको फ्रेममाको म्यूजिक भिडियो सार्वजनिक भएको छ । माया प्रेम र रोमान्सका कुराहरुलाई जस्ताको त्यस्तै समावेश गरिएको गीतमा पुष्पालाई दोस्रो नेपाल आइडलका बिजेता रवि ओडले स्वरमा साथ दिएका छन् ।

सार्वजनिक गीतको भिडियोमा पछिल्लो समयका चर्चित नायक नायिकाद्धण् पुष्पल खड्का र आँचल शमाृको जीवनत् अभिनय रहेको छ ।

सुब्रतराज आचार्यको निर्देशन रहेको गीतले वैँशालु उमेरमा युवा युवतीहरु बिच हुने घोचपेच र माया प्रेमको विषयलाई कलात्कार शैलीले प्रस्तुत गरिएको छ । गायक रवि ओड स्वयमले पनि अभिनय गरेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकाश ज्ञवालीले गरेका हुन् । सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको गीत ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

© Nepal Exchange Rates