शकीरामथि १४.५ मिलियन युरो कर छलिको आरोप

Loading...

-एजेन्सी

पपस्टार शकीरा १४.५ मिलियन युरो कर छलिको आरोपमा बिहिबार बार्सिलोनस्थित अदालत पुगेकी छिन्।

उनीमाथि सन् २०११ देखि २०१४ को बीचमा स्पेनमा बस्दाताका उनी र उनका सल्लाहकारले कर नतिरेको अभियोग लगाइएको छ। कर नतिरको आरोप लागेपनि स्पेनी मिडियाहरूमा भने शकीराले कर तिरेको आफ्नो समाचारमा जनाएका छन्।

अदालत जाने क्रमम शाकिरा पत्रकारहरूबाट बच्न ग्यारेज हुँदै अदालत प्रवेश गरेकी थिइन। उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दे आएकी छन्।

उनी स्पेनी फुटबलर जेराड पिंककी विवाहिता पत्नीसमेत हुन्।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार