पहिलो नेशनल लिगको उपाधि पोर्तुगललाई, स्टेडियममा फर्हरायो नेपाली झण्डा

Loading...

पोर्तुगल।

युरोपियन युनियन फूटबल एशोसिएसनले पहिलो पटक आयोजना गरेको नेशनल लिगको उपाधि पोर्तुगलले जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा नेदरल्याण्ड्सलाई १–० ले पराजित गरी उपाधि हात पारेको हो ।

पोर्तुगलको पोर्तोस्थित स्टाडिओ दो ड्रागाउ रंगशालामा भएको खेलमा पोर्तुगलले नतिजा आफ्नो पक्षमा पारेको हो । रोनाल्डो कप्तानीमा पोर्तुगलको जितका लागि गोनकालो गुएडेसले ६० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । सेमिफाइनलमा स्वीटजरल्याण्डविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् ।

नेदरल्याण्ड्सले पोर्तुगलमाथि निकै दबाब बनाए पनि गोल गर्न भने सकेन । पोर्तुगलको बलियो डिफेन्सले नेदरल्याण्ड्सको आक्रमणलाई सफल हुन दिएन । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो कप्तानीमा पोर्तुगललाई महत्वपूर्ण दोस्रो उपाधि दिलाउन सफल भएका छन् । यसअघि पोर्तुगलले २०१६ मा फ्रान्समा भएको युरोकपको उपाधि जितेको थियो ।

पोर्तुगलको राजधानी लिस्बनबाट पहिलो नेशनल लिगको फाइनल खेल हेर्न पोर्तो पुगेका केही नेपाली युवाहरुले स्टेडियममा नेपाली राष्ट्रिय झण्डा फर्हराएका छन्। अन्तराष्ट्रिय स्तरको खेल र स्टेडियममा नेपालको खेल नभएतापनि राष्ट्रिय झण्डालाई फ़र्हराउन पाउदा गर्वको अनुभूति भएको उनीहरुको भनाइ छ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार