गजल : मेयर पग्लिए फेरी

Loading...

गजल : मेयर पग्लिए फेरी

– स्पन्दन बिनोद

भनेँ रोकौ सब भ्रष्टाचार मेयर पग्लिए फेरी !
कुनै पार्टी समालेझैं सदर नै गर्दिए फेरी !!

यिनै जनता जनार्दन भै तताए सडक आगोमा !
यिनैको ज्यान गै रह्यो डुबेका तप्किए फेरी !!

मिलेरै खान पाए को बहस गर्ने यहाँ साथी !
जहाँ गुलियो छ त्यै उस्तै अनेकौ भन्किए फेरी !!

गरे बाचा गरे किर्ते गरे ब्यापार पेशामा !
बलीका लाममा बोका सखारै पर्सिए फेरी!!

म सोच्थेँ राम राज्यमा सबैको न्याय मिल्नेछ !
रहे कर्तुत मवालीका मिले लौ अल्झिए फेरी !!

( गजलकार स्पन्दन बिनोद अनेसास पोर्चुगलका महासचिव हुन्।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार