नेपाली जनसम्पर्क समिती पोर्चुगलले पुन: पोर्चुगिज भाषा कक्षा संचालन गर्ने ।

लिस्बन।

नेपाली जनसम्पर्क समिती पोर्चुगलले पुन: पोर्चुगिज भाषा कक्षा संचालन गर्ने भएको छ। यसअघि पनि नेजसस पोर्चुगलले भाषा कक्षा संचालन गरेको थियो।

पोर्चुगिज भाषा जान्दै नजान्ने एबम नव आगन्तुक नेपाली दाजुभाई दिदीबहिनीहरु लाई लक्षित गरि यहि आउँदो १३ जुन २०१९ देखी ३० दिने प्रारम्भिक भाषा कक्षा संचालन गर्ने नेजसस पोर्चुगलले जनाएको छ।

भाषा कक्षा निशुल्क भएतापनि मसलन्द प्रयोगका लागि सहयोग तथा रजिष्ट्रेशन शुल्क१० युरो राखिएको छ। पोर्चुगिज भाषा जान्दै नजान्ने तथा पोर्चुगलमा आएका नयाँ नेपालीहरुले अवसर लिन सक्नेछन्। कक्षा नेजससको कार्यालय आन्जुसमा दिउँसो ४ बजे देखी संचालन हुनेछ ।

भाषा कक्षाका लागि बैकुण्ठ गौतम ९२०२०४७०१ र शुनिल संगम ९२०५५१३८० मा सम्पर्क गर्न सकिनेछ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार