लिबियामा ४ नेपाली बिद्रोहिको कब्जामा,हातका नङ उप्काउदै चरम यातना ( भिडियो सहित् )

काठमाडौं ।

लिवियामा होटल र अस्पतालमा काम गरेर महिनाकै २ लाखसम्म कमाउन सकिने आश्वासन पाएपछि लमजुङका पूर्ण प्रसाद अधिकारी, राजकुमार गुरुङ, दिनेश खत्री र चितवनका नेत्र भट्टराई पुसको अन्तिम साता नेपालबाट भिजिट भिषामा दुबई पुगे ।

नेपालबाट सीधै लिबिया जान नमिलेपछि उनीहरु दुवईको बाटो प्रयोग गरेका थिए ।
लिवियाबाट रामचन्द्र घिमिरेले बोलाएका थिए । घिमिरेले भने अनुसार नै नेपालमा सबै कागजपत्र लोकमान राईले मिलाएर दुवई पठाएका थिए । दुवईबाट रवि प्रसाईले पाकिस्तानी एजेन्टसँग भेट गराएका थिए ।

उनीहरुका परिवारले नेपालबाट हुण्डी गरी पाकिस्तानी एजेन्टलाई ३ देखि ६ लाख बुझाएपछि मात्रै लिवियाको लागि भिषा लागेको थियो । लिविया पुगेपनि न भने जस्तो काम पाए न कमाई नै भयो । यसैबीच उनीहरुसँगै काम गरिरहेका बंगाली मुलका साथी इटाली पुगे ।

बंगाली साथीले नै बंगाली एजेन्ट मार्फत इटाली आउन सकिने भनेपछि लिविया पुगेको ३ महिनामै उनीहरु इटाली तर्फ लागे । इटाली जान सजिलो थिएन । बंगाली एजेन्टलाई जनही ३ हजार डलर बुझाएपछि मात्रै पानी जहाजबाट इटाली छिराउने सर्त थियो ।

सर्त अनुसार नै उनीहरुले पैसा बुझाए र पानी जहाजको यात्रा सुरु गरे । हिडेको केही दिनसम्म पनि पानी जहाज इटाली पुगेन । समुन्द्रको बीचमै गन्तव्यविहीन भएपछि उनीहरु अलपत्र परे । दुई दिनपछि सिंगापुरको पानीजहाजले उनीहरुको उद्धार त ग¥यो तर इटाली पुग्ने सपना पूरा भएन ।

उनीहरु सवार पानीजहाज नै लिवियाको विद्रोही समूह मिलिसियाले नियन्त्रणमा लियो । पानीजहाजमा सवार अन्य केही व्यक्ति सहित ४ जना नेपालीहरु पनि अहिले मिलिसियाको जे वाइबा ओसामा क्याम्पमा छन् ।

तर उनीहरुसँग ३ हजार डलरदेखि ५ हजार डलरसम्म दिए मात्रै छुटकारा दिने भन्दै मानसिक तथा शारीरिक यातना दिइरहेका छन् । एक मिनेटको १ सय डलर तिरेर परिवारलाई फोन गरेका पूर्ण प्रसाद अधिकारले हात खुट्टाका नंग उखालिदिने, शरीरको छाला चिरिदिने र दैनिक क्याम्पमा मान्छे मारेको देखाएर तड्पाइरहेको बताएका छन् ।

लिवियामा जीवन मरणको जीवन विताइरहेका छोरालाई बचाइदिन भन्दै पूर्णकी आमा र श्रीमती काठमाडौंमा भौतारीरहेका छन् । उनीहरुले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, मानव बेचबिखन अनुसन्धान व्युरो, अन्तर्राष्ट्रिय आप्रवासी संगठन सबै निकायमा खबर गरेका छन् ।

लिवियामा नेपाल सरकारका कुनै पनि निकाय छैन । इजिप्ट स्थित नेपाली दुतावासले नै लिवियालाई हेर्दै आएको छ । तर, विद्रोही पक्षले नियन्त्रणमा लिएकाले उद्धार गर्न कठिनाई भएको अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार