तस्बिरमा हट नायिका अदिति बुढाथोकी


नेपाली चलचित्र ‘कृ’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् अदिति बुढाथोकी । उनले भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’मा मेगा स्टार अनमोल केसीसँग नेपाली चलचित्रमा पाईला टेकेकी हुन् । उक्त चलचित्रले बक्स अफिसमा दमदार कलेक्सन गरेर सुपरहिट साबित भइसकेको छ । उनले ‘कृ’ खेली सकेपछी अरु कुनै नेपाली चलचित्रमा काम गरेकी छैनन् ।

चलचित्र ‘कृ’ खेली सकेपछी उनको चर्चा परिचर्चा एकाएक चुलिएको छ भने दर्शकको मन- मुटुमा बसिसकेकी छिन् । उनको अभिनय र सुन्दरताले नेपाली युवाहरुलाई लठ्ठ बनाएकी छिन् ।


नेपाली चलचित्रमा आउनु भन्दा पहिला उनी भारतीय म्यजिक भिडियोमा मोडलिङ गर्दै आएकी थिइन् । उनले भारतीय म्यजिक भिडियो “उम्मिद” र ‘मे तेरा हो गया’ मा अभिनय गरेकी छिन् ।

उनी पछिल्लो समयमा विविध बिषयले चर्चामा आएकी हुन्छिन् । कहिले अनमोललाई लिएर त कहिले उनको सुन्दरता र गेटपलाई लिएर भारतीय र नेपाली मिडिया, सामाजिक सञ्जालमा चर्चामा आइरहन्छिन् ।

हेर्नुहोस् फोटो फिचर:

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार