ईटहरी ।
बिगत २ दिनयता नेपालमा यदि कुनै चिजको चर्चा छ भने त्यो हो ईटहरी उपमहानगरपालिका सुनसरीको मेयर द्धारिकलाल चौधरी र पत्रकार बिचको वादबिवाद र जुहारीको छ । यो घटनाले यति चर्चा पायो कि मानौँ कि नेपालमा यो भन्दा ठुलो अर्को घटना भएकै छैन । यो घटनाको चर्चा गर्नुअघि यो घटना कहाँबाट शुरु भयो र कसरी यहाँसम्म आयो भन्ने बिषयको नालीबेली खोतल्नु जरुरी छ ।
घटना कहाँबाट शुरु भयो ?
ईटहरी उपमहानगरपालिकाको मेयरमा तत्कालीन एमालेको तर्फबाट निर्बाचित भएपछि द्धारिकलाल चौधरीको चुनौति र उनलाई असर पार्ने फयाक्टरका बारेमा पत्रकार बिराट अनुपमले लेख लेखेका थिए । पत्रकार अनुपम खोजमुलक पत्रकारितामा बिशेष कलम चलाउँदै आएका थिए । उनको लेख प्रकाशित भएको केही समयपछि ईटहरीमा सिएफएल काण्ड भयो । सोही काण्डमा बिराटले लगभग एक दर्जन जति समाचार लेखेका थिए । समाचार प्रकाशित भएपछि त्यतिबेला पनि मेयरले झुटो समाचार र प्रायोजित सामाचार भन्दै आएका थिए ।
मेयर निर्बाचित भएपछि चौधरीले ईटहरीमा मिचिएका सार्बजनिक जग्गाको खोजी अभियान शुरु गरेकै बेला सिएफएल काण्डले उनको अभियानमा ब्रेक लगाएको थियो । नियमबिपरित सिएफएल खरिद गरिएको भन्दै मेयर,उपमेयर र जनप्रतिनिधिहरुको आलोचना समेत भएको थियो । बिराटले मेयरका सबै गतिबिधिलाई समाचार बनाउँदै आएका थिए । सोही बेलादेखि नै मेयर पत्रकारहरु सँग असन्तुष्ट थिए । त्यसबेला पनि उनले पत्रकारले नबुझी लेखेको बदनाम गरेको भन्दै आएका थिए ।
करिब २ साताअघि मेयरले नगरपालिकाका केही ईन्जिनियर र कर्मचारीलाई घुस लिएको र भ्रष्टचार गरेको भन्दै कार्यलयबाट कठालो मसाएर बाहिर निकालेका थिए । सोही घटनाको बिषयमा प्रश्न सोध्दा उनले प्रश्न सोध्ने पत्रकार कृष्ण बहाव भटराईलाई उमेर सोध्दै पटक पटक लोपारेका थिए । सोहीबेला उनको आलोचना समेत भयो । उनी सोही घटनापछि काठमाण्डौ गएका थिए । घटनाको पर्सिपल्ट उपमेयर लक्ष्मी गौतमले प्रेस बिज्ञप्ती निकालेर माफी मागेपछि घटना केही साम्य भएको थियो ।
त्यसपछि पत्रकार अनुपमले फेरी ईटहरीमा उपमेयर देखि सबै महिलाहरुले नगरपालिका चलाएको र महिलाहरु कमजोर छैनन भन्ने आशयमा सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सोही पोष्टमा मेयर चौधरीले (चाटुकारिता) भनी कमेन्ट लेखेका थिए । कमेण्ट पछि मंगलबार अनुपमले मेयरलाई किन त्यस्तो लेखेको भनी फोन गरे । फोनमा मेयरले उल्टै गाली गर्दै नाक भाँच्न १ करोड छुटयाएको र भ्रष्टचारी र दलालको पक्षमा लेख्ने गरेको भन्दै तथानाम गाली गरे । सोही फोन बार्ता सार्बजनिक गरिएपछि घटनाले नयाँ मोड लियो ।
पछिल्लो २४ घण्टामा के भयो ?
फोनमा धम्की दिएपछि सो घटनाले सामाजिक सञ्जाल छोपियो । नेकपाका नेता योगेश भटराई र शंकर पोख्रेलले सामाजिक सञ्जालमा नै मेयर चौधरीको अभिब्यत्ति गलत भएको भन्दे आत्मालोचना गर्न सुझाब दिए । सामाजिक सञ्जालमा बिभिन्न ट्रोल र नाक बिगारिएका तस्बिरहरु भाईरल भए । धेरै ब्यत्तिले मेयर चौधरलिे सही गरेको भन्दै उनको पक्षमा गोली थाप्न समेत तयार भएको भिडियो सार्बजनिक भए भने धेरैले चाँहि मेयरको भ्रष्टार र पितपत्रकारिता बिरुद्धको अभियान सकरात्मक भएपनि प्रस्तुति गलत भएको बताएका छन ।
रवि लामिछाने लाई समेत मेयरले थर्काए
प्छिल्लो समय चर्चित कार्यक्रम सिधा कुरा जनता सँग कार्यक्रम सञ्चालन गर्दै आएका पत्रकार रबि लामिछाने मेयरलाई यसो गर्न पाईन्छ भनेर प्रश्न सोध्दा उनले उल्टै आफु नेकपाको कार्यकर्ता भएको र नियम कानुन नसिकाउनु भन्दै हप्काए । सिएफएल काण्डमा भ्रष्टचार गर्यो भन्दै भन्ने तापाई पनि होईन,मैले उल्टै क्लिन चिट पाएँ त,म पितपत्रकारित ागर्नेलाइृ छोडदिँन,जुत्ताको माला लगाएर बजार घुाउँछु भन्दै उल्टै थर्काएपछि आर्जित भएर १५ मिनेटमा रबि लामिछाने समेत ग्वाँ भए ।
पत्रकार गलत कि मेयर ?
मेयर चौधरी पछिल्लो समय केही पत्रकारको नाम नै लिएर कुटछु, पिटछु र सिध्याँछु भन्दै लागेका छन । उनले ईटहरी खानेपानीका अध्यक्षको समेत नामै लिएर गाली गरेका छन । यदि पत्रकार गलत थिए भने मेयरले कानुनी दायरामा ल्याउन सक्नुपर्दथ्यो । सार्बजनिक रुपमा गाली गर्नु र धम्की दिनु मेयरको गल्ति देखिन्छ ।
यदि पत्रकारले पनि कसैको आड भरोसामा एकपक्षीय रुपले उनलाई सक्न नियोजित लागेकै भएपनि उनले संयमता अपनाएर गुण्डागर्दी शैली नअपनाई कानुनको साहारामा गएको भए मेयरको जयजकार नै हुनेथियो । तर यो घटनामा मेयरको कमजोरी देखिन्छ । तसर्थ मेयरको आत्मालोचना गर्नुको बिकल्प छैन । बाँकी भ्रष्टचार,पितपत्रकारिता लगायतका बिषय उठान गरेकोमा त उनलाई सबैको साथ सहयोग छँदै छ ।