बेलायतकी प्रधानमन्त्री टेरेजा द्वारा पार्टीको संसदीय दलको नेताबाट राजीनामा

लण्डनः


बेलायतकी प्रधानमन्त्री टेरेजा मेलेले पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएकी छन् ।

युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट) का बारेमा संसदमा प्रस्ताव ल्याएपनि त्यो पारित हुन नसकेपछि उनले राजीनामा दिन लागेकी हुन् ।

प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थिइन् ।

मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् । ब्रेक्जीटका बारेको अन्यौल कायमै रहने देखिएका कारण पनि बेलायतकी प्रधानमन्त्री थेरेसा मेले करिब दुई हप्ता अगाडि नै आफू सरकारबाट हट्ने घोषणा गरेकी थिइन् ।

ब्रेक्जीटका बारेमा आफ्नै दलका सांसदहरूलाई पनि विश्वासमा लिन असफल भएपछि प्रधानमन्त्री मेले दलको नेतृत्वका साथै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । एएफपी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार