कैलाली।
सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरमा विहीबार साँझ चलेको हावाहुरी कारण ठुलो क्षति पुगेको छ ।
हावाहुरीले रुख ढलेको, घरका छत उडाएको तथा विजुलीको पोल समेत ढलेको प्रहरीले जनाएको छ । विजुलीका पोल ढल्दा केही ठाउँमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ । हावाहुरीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
आधि घण्टा भन्दा बढी समय हुरी बतास चलेको प्रहरीले जनाएको छ । हावाहुरीबाट भएको क्षतिबारे जानकारी लिन प्रहरीको टोली घटनास्थालमा खटिएको छ ।
प्रहरीका अनुसार अहिले सम्म ११ जना घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याइएको छ । सयौं घरको छाना हावा हुरीले उडाएको छ । बिजुलीका सयौं पोल ढलेका छ्न । धनगढी र आसपासका सबै बस्ती अन्धकार भएका छन् ।