चीनका राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता

एजेन्सी ।

चीनका राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।
भेटमा सीले चीन–रूस सम्बन्ध बलियो बनाउन इतिहास र दुवै पक्षको दृढ रणनीति छनोट भएको बताए ।

उनले दुवै पक्षले रणनैतिक आदान–प्रदान र सहयोगलाई सबल पार्ने र आपसी मुख्य हितका मामिलामा समर्थन बढाउने बताएका थिए । उनले दुवै मुलुकले आर्थिक र व्यापारिक सहयोग चौतर्फी रुपमा बढाउने, रणनीतिक ठूला परियोजना र उदियमान क्षेत्रको सहयोगलाई सबल पार्ने विषयमा आवश्यकता अघि सारेका थिए ।

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले चीनमा तेल र ग्याँस ऊर्जाको आपूर्ति, ठूला भटमासजस्ता कृषि उत्पादनहरूको निर्यात बढाउने प्रतिवद्धता व्यक्त गरको थियो । दुई नेताले नयाँ युगमा चीन र रूसबीच चौतर्फी रणनैतिक साझेदारी सम्बन्ध विकास गर्ने संयुक्त वक्तव्यमा हस्ताक्षर पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार