अर्पणको ‘घर’ मा यस्तो अवस्थामा भेटिन् सुरक्षा (भिडियाे)

काठमाडौँ ।

फिल्म ‘घर’ को ट्रेलर रिलिज भएको छ । यो हरर जनराको फिल्ममा अभिनेत्री सुरक्षा पन्त र अभिनेता अर्पण थापालाई मुख्य भुमिकामा देखाइएको छ ।

यो फिल्ममा अर्पण थापाको लेखन, निर्देशन तथा अभिनय रहेको छ । शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा सन्तोष अधिकारी सह निर्माता हुन् । फिल्मलाई निरज कँडेलले छायांकन गरेका छन्, भने मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

सार्वजनिक ट्रेलरमा सुरक्षा पन्त र अपर्ण थापासंगै बेनिशा हमाल,अस्मिता खनाल, सरोज अर्याल, श्रृष्ट्रि महर्जन लगायतका कलाकारहरुको अभिनय रहेको यो फिल्म साउन ३ देखि प्रदर्शनमा आउँदैछ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार