गोविन्दराज जोशीको मुद्दाको मिसिल फाइल पाँच वर्षसम्म पनि अख्तियारले अदालत पुर्‍याएन, १५ दिनभित्र उपलब्ध नगराए कारवाही

गोविन्दराज जोशीको मुद्दाको मिसिल फाइल पाँच वर्षसम्म पनि अख्तियारले अदालत पुर्‍याएन, १५ दिनभित्र उपलब्ध नगराए कारवाही
काठमाडौः पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको भष्ट्राचार सम्वन्धि मुद्दाको मिसिल फाइल १५ दिन भित्र अदालतमा उपलव्ध गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

पटक पटक अदालतमा पेसी चढेको मुद्दामा बिहिवार न्यायधिशद्धय सपना प्रधान मल्ल र ईश्वरी खतिवडाको इजलासले १५ दिन भित्र अख्तियार मिसिल फाइल उपलव्ध गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा आदेश दिएको छ।

२०६९ फागुन ८ गते सर्वोच्चमा दर्ता भएको मुद्दामा अदालतले पाँच बर्षदेखि मिसिल फायल मगाउँदा पनि उपलव्ध नगराएको अदालतको दावी छ।

अदालते बिहिवार जारी गरेको आदेशमा भनिएको छ’आयोग स्वयमले गरेको निर्णय, आयोगको आफ्नो काम कारबाही सम्वन्धित रजिष्टार लगायतका अभिलेख पठाउन भनि २०७१ साल भाद्रदेखि हालसम्म पटक पटक अदालतबाट लेखी पठाउँदा करिव ५ बर्षसम्म पनि आदेश बमोजिमको कागजपत्र उपलव्ध नगराउनु आपत्तिजनक देखिन्छ।’

पूर्वमन्त्री जोशीलाई २०६९ साउनमा विषेश अदालतले भष्ट्रचारी ठहर गरेको थियो। अदालतले १५ दिन भित्र सबै फायल लिएर आयोगका सचिव स्वयम अदालतमा उपस्थित भई लिखित जवाफ दिने आदेश गरेको हो। आदेशको पालना नगरेको खण्डमा न्याय प्रशासन ऐन २०७३को दफा १७ तथा अवस्था अनुसार दफा ३४ को २ बमोजिम कारवाही गर्ने समेत जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार