दक्षिण अफ्रिकालाई अर्को झड्का, डेल स्टेन टिमबाहिर

काठमाडौं–


दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डेल स्टेनले विश्वकप क्रिकेट २०१९ का सबै खेल गुमाउने भएका छन्। पाखुरामा चोट लागे पछि उनी विश्वकपबाट बाहिरिएका हुन्।

३५ वर्षीय स्टेनले यसअघिका २ खेल पनि चोटकै कारण गुमाएका थिए। अब उनको स्थानमा बेउरान हेनरिक्सले खेल्नेछन्। २८ वर्षीय हेनरिक्सले अहिलेसम्म २ एकदिवसीय खेल खेल्दा १ विकेट लिएका छन्।

दक्षिण अफ्रिकाले जारी विश्वकपका सुरुवाती २ खेलमा हार बेहोरिसकेको छ। उसले तेस्रो खेलमा बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ।

यसअघि अर्का तीव्र गतिका बलर लुङ्गी एनगिडी पनि चोटका कारण खेल्न नसक्ने भएका थिए।

दक्षिण अफ्रिकाका लागि एकदिवसीय खेलमा पाँचौ बढी विकेट लिने बलर स्टेनले १२३ खेलमा १९४ विकेट लिइका छन्। तर पछिल्ला वर्षमा भने उनलाई चोटले निकै सताएको छ। यो वर्ष चोटका कारण आइपिएल नखेलेका उनले दुई वर्ष पनि चोटकै कारण आइपिएल गुमाएका थिए।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार