‘गीत’ पात्रको लागि दोस्रो चरणको अडिशन सुरु, कसले मार्ला बाजी ?

काठमाडौं ।

सुपरहिट फिल्म ‘प्रेमगीत’को तेस्रो सिरिज ‘प्रेमगीत–३’को ‘गीत’ पात्रको लागि गत आइतबारदेखि २,७१४ जनाबाट छनौट भएका उत्कृष्ट २५ जना प्रतिभाशाली युवतीहरुको दोस्रो चरणको अडिशन सुरु भएको छ । लाजिम्पाटस्थित आसुसेन फिल्मसको कार्यालयमा भइरहेको दोस्रो चरणको अडिशनमा ‘गलबन्दी’ र ‘बोल माया’ फेम मोडल अञ्जली अधिकारी, ‘सय कडा दश’ की अभिनेत्री करुणा श्रेष्ठ, दिब्यानी ओली, कविता नेपाली, क्रिष्टिना गुरुङ्ग र तमन्ना केसीले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन् ।

यस अडिशनको सबै भन्दा आकर्षक पक्ष के छ भने फिल्ममा सुहाउँदो ‘गीत’ पात्र खोज्न कुनै हेल्चेक्त्र्याँई नहोस् भन्ने उदेश्यका साथ निर्माण पक्षले अडिशनमै फिल्ममा रहने सेट डिजाइन गरेको छ । सायदै नेपाली फिल्म उद्योगमा पहिलो पटक कलाकार छनौट गर्नकै लागि फिल्मकै जस्तो सेट डिजाइन गरिएको छ ।

निर्देशकद्वय छेतेन गुरुङ्ग र निर्माता तथा निर्देशक सन्तोष सेनले अडिसनको एक दिन अगाडि विदेशमा रहेका सहभागीहरुको हौसला बढाउन र उनीहरुलाई अडिसन दिने माध्यम र तरिकालाई निर्माता सेनको फेसबुक पेजमा लाइभ भिडियो राखेका थिए । उक्त भिडियोमा निर्माता सेनले नेपालमा फिल्म धेरै बनेपनि फिल्ममा ‘गीत’ जस्तो पात्र सजिलै नआउने जानकारी दिएका थिए ।

विशेष गरी ‘पुरुष’को कथा र पात्रमै केन्द्रीत रहने नेपाली फिल्म उद्योगमा ‘प्रेमगीत’को पहिलो शृंखलाबाट नै ‘गीत’पात्रको भूमिका सशक्त रहिआएको सबैलाई अवगतनै छ । यसै सन्दर्भमा तेश्रो संस्करणमा पनि ‘गीत’ पात्र पहिलेको तुलनामा तीन गुणा बढी मजबुत हुने निर्माण पक्षको भनाइ छ ।

भव्य रुपमा भइरहेको ‘गीत’ पात्रको अडिसनमा आफ्नो प्रतिभा प्रस्तुत गर्न बाँकी सबै सहभागीहरुलाई निर्माण टिमले शुभ कामना दिएको छ । २,७१४ जनाबाट छनौट भएका उत्कृष्ट २५ मा अलिशा, अञ्जली, अनुजा, भविका, दिव्यनी, करुणा, कविता, कृष्टिना, कृस्टिना, लाक्पा, मानश्वी, नीलम, पूजा, ऋतु, रिया, रुवी, सविता, सरिना, शक्शि, शिक्षा, श्रद्धा, स्नेहा, तमान्ना, तनुजा र याना रहेका छन् ।

अब यिनै २५ जनाबाट अडिशन माफर्त ‘प्रेमगीत–३’को ‘गीत’ पात्र छनौट गरिनेछ । फिल्मको ‘गीत’ पात्रको लागि कसले बाजी मार्ला ? त्यो भने चाँडै निर्माण पक्षले जानकारी गराउनेछ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार