अस्ट्रेलिया
गत जेठ ३ गते परम्परागत रुपले वैवाहिक बन्धनमा बाधिएका जोडी अर्थात न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासंग कार्यक्रमबाट लोकप्रिय बनेका सञ्चारकर्मी रवि लामिछाने र पुर्व चलचित्र बोर्ड अध्यक्ष निकिता पौडेल केही दिनअघि अस्ट्रेलिया प्रस्थान गरेका थिए । घुम्न भन्दा पनि केही कार्यक्रम तर्जुमा गरि यी दम्पती सिधा कुरा जनता संगको टिम संगै अष्ट्रेलिया लागेका थिए ।
गत बुधबार त्यता प्रस्थान गरेका टिमले केही एपिसोड उतैबाट टेलिभिजनमा लाईभ गरे । आज अष्ट्रेलियाबाट अन्तिम एपिसोड प्रसारण हुने रबिले आफ्नो अफिसियल फेसबुक आईडिबाट जानकारी गराएका छन् । उनले अष्ट्रेलियाको सिड्नी, क्यान्बेरा र मेल्बर्न मा कार्यक्रम सहित आफ्नो जीवन संगीनि संग घुमघामको केही तस्वीरहरु पनि सार्बजनिक गरेका छन् । हेर्नुस् उक्त तस्वीरहरु :