प्रचण्डलाई ओलीले दिए यस्तो जवाफ

काठमाडौं

–प्राय व्यंग्य बिनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको यात्रामा खिन्नझैं देखिन्थे ।
भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए ।
शुक्रबार बिहान बाह्रखम्बास्थित नेपाली दूतावासमा केहीबेर नेपाली संवाददाताहरुसँग कुरा गर्दा पनि उनी गम्भीर थिए ।

तपाईँको पार्टीमा अर्का अध्यक्ष प्रचण्डले भर्खरै अन्तर्वार्तामा भनेअनुसार त तपाईँको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो ।
‘मेरो कार्यकाल एक वर्ष हैन, चार–५ दिन मात्र बाँकी छ’ उनले व्यंग्यमिश्रित शब्दमा भने ।
आलोपालो सरकार चलाउने सहमति पूरानै भएको उल्लेख गर्दैै उनले यो कुनै गोप्य दस्ताबेज नभएको उल्लेख गरे ।
प्रचण्डले एक अन्तर्वार्तामा पार्टी एकीकरणको क्रममा आलोपालो सरकार चलाउने सहमति भएको भन्दै दायाँबायाँ गरिए कोही नटिक्ने बताएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार