प्रधानमन्त्री ओलीले दिए मोदीलाई रुद्राक्ष उपहार, साथमा नेपाल भ्रमणको निम्तो

काठमाडौं ।

यतिखेर प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको सपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्लीमा हुनुहुन्छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई उपहार स्वरुप रुद्राक्ष दिनुभएको छ । मोदी शिवभक्त भएका कारण उहाँलाई रुद्राक्ष उपहार दिइएको बताइएको छ ।

उहाँ यसअघि नेपाल भ्रमणमा आउँदा पशुपति लगायतका शिवालयमा विशेष पूजाआजा गर्नुभएको थियो । नेपाली समयअनुसार ११ः४५ बजे हैदरवाद हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्ष उपहार दिंदै नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले गरेको ट्विटमार्फत ओलीले दिनुभएको उपहारको तस्वीर सार्वजनिक भएको हो । प्रधानमन्त्री ओली कार्यक्रम सकेर आज अपरान्ह फर्कनुहुने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार