विश्वकपको पूर्वसन्ध्यामा विराटको खुलासा – बिहेपछि मेरो कप्तानी सुध्रियो !

२०७६ भोलि अर्थात् मे ३० देखि इंग्ल्याण्डमा क्रिकेट विश्वकप शुरू हुँदैछ । विश्वकपमा लागि सबै टीम जोडतोडले लागेका छन् ।


केहीले अभ्यास खेलमा विश्वकपमा आफ्नो उपस्थिति बलियो हुने संकेत समेत दिएका छन् ।
यसैबीच भारतले पनि दुई वटा अभ्यास खेल खेल्यो । जसमा उसले न्यूजील्याण्डसँग हार बेहोर्‍यो भने बंगलादेशमाथि जीत हात पार्‍यो ।

क्रिकेटर महेन्द्रसिंह धोनीले यस विश्वकप खेल्नेछन् तर कप्तानीको रूपमा भने होइन । उनले कप्तानी विराट कोहलीलाई सुम्पिइसकेका छन् ।

धोनीलाई कूलु र सफल कप्तान भनिरहँदा विश्वकपमा उनको कप्तानी कतै खड्किने त होइन रु यो आमप्रश्न हो । तर क्रिकेटप्रेमी तथा भारतीय टीमका समर्थकहरूलाई यसले खासै असर नपर्ने देखिन्छ । किनकी, मैदानमा विराटसँगै धोनी पनि हुनेछन् । विराटले खेलमा लिइने निर्णयमा धोनीको सल्लाह लिने गरेका छन् । यस अर्थमा धोनीलाई भारतीय टीमका आधा कप्तान हुन् भन्दा फरक पर्दैन ।

मानिसहरूले विराट कप्तानीमाथि प्रश्न उठाइरहँदा उनले एक खुलासा गरेका छन् । उनका अनुसार अनुष्कासँग विवाह भएपछि कप्तानी सुध्रिएको छ ।

विश्वकपको पूर्वसन्ध्यामा आईसीसी संवाद कार्यक्रममा उनले भने, विवाहपछि तपाईं अधिक जिम्मेवार हुनुहुन्छ । विवाहपछि तपाईं चिजहरूलाई निकै राम्रोसँग बुझ्न शुरू गर्न थाल्नुहुन्छ । तपाईं हरेक कुरामा ध्यान दिन शुरू गर्नुहुन्छ ।

विराटले भने, म अहिले पहिलेभन्दा निकै जिम्मेवार भएको छु । यसले मेरो कप्तानीमा पनि परिवर्तन भएको छ । म पनि परिवर्तन भएको छु ।

भारतीय कप्तान विराट कोहलीले बलिउड अभिनेत्री अनुष्का शर्मासँग सन् २०१७ डिसेम्बर ११ मा विवाह गरेका थिए ।

-एजेन्सी

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार